Logo
Logo

बुवाको सम्झनामा मानव सेवा आश्रमलाई सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार ।
व्यवसायी तथा समाजसेवी अम्बिका शर्माले आफ्ना बुबाको सम्झनामा मानव सेवा आश्रममा रहेका ४८ जना बृद्धबृद्धालाई सहयोग गरेकी छिन् । आफ्नो बुबा विष्णु प्रसाद लामिछानेको स्वर्गारोहणको १३ औ दिनको पुण्य तिथिमा उनले बुढानीलकण्ठमा रहेको मानव सेवा आश्रममा रहेका ४८ जना वुद्धवुद्धा हरुलाई फलफूल,जूस, खाद्यान्न तथा लत्तापकडा वितरण गरेकी हुन् ।

बुबा–आमाको नाममा स्थापना गरिएको संस्था विष्णु सरस्वती फाउन्डेसनमार्फत सहयोग गरिएको हो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष सुप्रिया शर्मा, सहसचिव लक्ष्मण पन्थी साथै संस्थाका सदस्य सूरज डंगोल लगायत उपस्थित थिए । कार्यक्रममा संस्थाका अध्यक्ष समेत रहेकी शर्माले सामाजिक कामले आफुलाई आनन्दित बनाउने भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् । फाउण्डेसनमार्फत उनले वर्षाेदेखि यसरी समाजसेवा गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्