Logo
Logo

गौथलीको सफलतापछि उत्साहित सिमरन, अनमोलसँग स्क्रिन सेयर गर्ने इच्छा


सिमरन खड्का, नायिका

819
Shares

सानैदेखि कलाकारकार बन्ने रुचि राखेकी सिमरन खड्काले अहिले यही क्षेत्रमा नै आफ्नो भविष्य खोजिरहेकी छिन् । उनी चलचित्र क्षेत्रमा नै आफूलाई स्थापित गर्न लागिपरेकी छिन् । ‘प्रेमगन्ज’ ‘चित्रा बेहुली फ्रम मेघौली’ जस्ता चलचित्रमा सहकलाकारको रुपमा अभिनय गरेकी सिमरनको मुख्य भूमिका रहेको चलचित्र ‘गौथली’ अहिले प्रदर्शन भइरहेको छ । यो सिनेमाबाट चर्चा कमाएकी उनले दर्जनौं म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरिसकेकी छिन् । उनै कलाकार सिमरन खड्कासँग रेजिना पाण्डेको जम्काभेटः

चलचित्र ‘गौथली’बाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

राम्रो, जतिले चलचित्र गौथली हेर्नुभयो सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ । कथा, विषयवस्तुका साथै कलाकारकारहरूको अभिनय मन पनपराईदिनुभएको छ । दर्शकले सबै कलाकारहरुको कामको प्रशंसा पनि गर्नुभएको छ ।

चलचित्र सोचे भन्दा बढी चलिरहको छ त ?

धैरै नै राम्रोसँग चलिरहेको छ । त्यसैको फल पनि राम्रो पाइरहेका छौँ । हाम्रो टिमले दशर्कबाट गौथलीलाई मन पराउने अपेक्षा गरेको थियो । त्यसका लागि मैले सबै दर्शकलाई धन्यवाद पनि दिन चाहान्छु ।

धैरै दशर्कहरू चलचित्र हेरेर रुनुभयो किन होला ?

सायद, चलचित्रको ‘इमोसनल पार्ट’ले होला । चलचित्र सबैको मन छुने खालको छ । जो कोहीलाई पनि चलचित्र हेरेपछि त्यसको कथावस्तुले छुन्छ । त्यसै कारणले पनि होला दर्शककको आँखाबाटा आँशु आएको ।

तपाईँको चलचित्र यति चल्छ भन्ने अपेक्षा थियो ?

काम गरेपछि सफलता पाईन्छ भन्ोर नै सबैल गर्ने हो । मैले पनि मेरो कामले हाम्रो चलचित्र राम्रो होस् भन्ने सोचेकी थिएँ । हाम्रो काम सबैले मन पराउन् भन्ने चाहना थियौ । सायद, त्यही भएर पनि सबै दर्शकले मन पनि पराउनुभयो । अहिले खुशी छौं ।

वास्तवमा गौथली चलचित्र दशर्कले हेर्नैपर्ने कारण के हो ?

पहिलो त चलचित्र हेर्ने भनेकै मनोरञ्जनका लागि नै हो । त्यसबाहेक सामाजिक कथा र नयाँ कन्सेप्टमा यो चलचित्र बनेको छ । यसले नयाँ कुरा सामाजिक कथावस्तु दिन खोजेको छ । ‘अटिजम’ भएका बिरामीको बारेमा पहिलो पटक बनेको सिनेमा भएकाले पनि दर्शकले हेर्नैपर्ने खालको छ ।

‘गौथली’ चलचित्रको मुख्य भूमिकामा काम गर्न पाउँदा कस्तो अनुभूति भइरहेको छ ?

मेरो लागि निकै चुनौतीपूर्ण रह्यो । त्यसमथि पनि डा. भोला रिजाल, कपिल रिजालसँग काम गर्न पाउनु सानो कुरा होइन । ‘गौथली’ जस्तो सिनेमामा मुख्य भूमिका निभाउन पाउनु मेरा लागि ठूलो अवसरसँगै खुशीको क्षण पनि थियो ।

‘गौथली’ चलचित्रका पात्रलाई रियल लाईफमा हेर्दा कस्तो मान्नुहुन्छ ?

दुवै, गौथलीलाई पे्ररणा दिने भित्री हृदयबाट माया गर्ने श्रीमान छ भने रहरलाई रोक्नुपर्ने बाध्यता प्नि छन् । आज पनि यस्ता कथाहरू घरघरमा देख्न सक्छौं ।

तपाईँलाई चलचित्रप्रतिको मोह चाहिँ कसरी जाग्यो ?

मलाई सानैदेखि नै सिनेमामा हिरोइन बन्ने रहर थियो । कसरी यो रहर जाग्यो भन्ने चाहि थाहै भएन । सिनेमामा अभिनय गर्ने मोहले मैले कान्तिपुर एकेडेमी मा ट्रेनिङ पनि लिएकी हुँ । त्यसले पनि मलाई अभिनयमा फाइदा भयो ।

अब अरु के के प्रोजेक्टमा काम गर्दै हुनुहुन्छ ?

‘मास्टर्नी’ भन्ने सिनेमा आउँदै छ ।

रोमान्टिक चलचित्रमा अफर आयो भने कोसँग स्क्रिन शेयर गर्ने सोचमा हुनुहुन्छ ?
अनमोल केसी अरुण क्षेत्री मलाई मनपर्ने भएकोले उहाँहरूसँगै काम गर्न चाहन्छु ।

रिलेसनसिपमा हुनुहुन्छ ?

छैन, अहिले त काममा नै ‘फोकस’ गरिरहको छु । काम बाहेक अरु सोचेको पनि छैन । प्रेम प्रस्ताव राख्नेहरूको लाइन छ तर मैले यतिखेर आफनो कामलाई नै पहिलो प्राथमिकतामा राखेको छु ।

तपाईँले आफ्नो जीवनसाथी कस्तो होस् भन्ने चाहनुहुन्छ ?

सबै भन्दा पहिला त माया र साथ दिने होस् । म र मेरो कामलाई बुझिदिने होस् । साधारण तरिकाले जीवन चलोस् तर हेर्नेलाई डाह लागोस्, त्यही नै हो ।

फिल्म क्षेत्रमा तपाईँले भनेजस्तै जोडी देख्नुभएको छ ?

धैरै जोडीहरू छन् । स्वस्तिमा खड्का र निश्चल बस्नेत, प्रियंका कार्की र आयुशमान जोशीको जोडी देख्दा राम्रो लाग्छ ।

तपाईँको चलचित्र क्षेत्रबाहेक अरु के–के रुचि छ ?

साँच्चै भन्ने हो भने मैले अभिनय बाहेक अरु केही सोचेकै छैन । मलाई जसरी भए पनि कलाकार नै बन्नु थियो । पर्दामा नै आएर काम गर्नु थियो । त्यसबाहेक अन्यत्र मेरो रुचि छैन ।

संसारमा सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ ?


पहिला आफैँलाई अनि सिनेमालाई ।

प्रतिक्रिया दिनुहोस्