Logo
Logo

यौनहिंसाविरुद्धको हदम्याद हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता


1.3k
Shares

काठमाडौं । यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था हटाउन र दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन हुनुपर्ने भन्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

महिला सांसदहरूले शुक्रबार राष्ट्रियसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका हुन् । संकल्प प्रस्तावमा कमला पन्त प्रस्तावक रहेका छन् भने सांसदहरू विमला राई पौडयाल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह (गरिमा), शेखरकुमार सिंह, गंगाकुमारी वेलवासे र तुलप्रसाद विश्वकर्मा समर्थक रहेका छन् ।

बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था पूर्ण रुपमा हटाउने, बालबालिका बाहेक अन्यको हकमासमेत बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुनर्विचार गरि आवश्यक संशोधन गर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्