काठमाडौं । सरकारले २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । उनका अनुसार मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई आगामी वर्षबाट पाँच हजार सुत्केरी भत्ता दिइने छ ।
त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गरे ।











