काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले २०७९/८०को बजेट कृषी केन्द्रीत भएको बताएका छन् । संसद बैठकबाट बाहिने क्रममा बजेटबारे प्रतिक्रिया दिँदै नेता पुनले कृषी क्षेत्रको उत्पादन वृद्धि गर्ने बजेट आएको बताएका हुन् ।

उनले भने, ‘बजेट कृषी क्षेत्रलाई केन्द्रीत गरेर आएको छ । कृषी क्षेत्रको उत्पानद वृद्धि गर्ने बजेट छ । यस क्षेत्रमा रहेकालाई प्रोत्साहन गर्ने बजेट आएको छ । बजेटको मुख्य प्रथामिकता र मुख्य विषेशता यही हो ।’
कृषीमा दिएको अनुदाले कृषी क्षेत्रमा आत्मनिर्भर बनाउने उनले बताए । उनले भने, ‘कृषी क्षेत्रको प्रथामिकता, त्यहाँ दिएको अनुदानले कृषी क्षेत्रमा आत्मनिर्भर बनाउछ । यसले आयातमुखि अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रलाई र्फकाउने काम गर्छ । सही दिशातिर फर्काउने काम गरेको छ ।’














