
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्ने नियतले बजेट ल्याएको टिप्पणी गरेका छन् ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि प्रतिकृया दिँदै नेता रावलले सरकारले आगामी निर्वाचनमा जनमतलाई प्रभावित पार्ने योजनासहित बजेट ल्याएको टिप्पणी गरेका हुन् ।
रावलले भने– ‘सरकारले ल्याएको बजेटको कुनै अर्थ छैन । मुख्य त आगामी निर्वाचनमा जनमतलाई प्रभावित पार्ने योजनाअनुसार बजेट ल्याइएको छ । यसको कुनै अर्थ छैन ।’
आनावश्वक संरचना गठन गर्ने जस्ता योजना ल्याउनु गलत रहेको बताउँदै नेता रावलले जनमत प्रभावित पार्न खोज्ने बजेटको अर्थ नहुने बताएका हुन् ।














