काठमाडौं । सरकारले सेनेटेरी प्याड आयातमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छूट दिने निर्णय गरेको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माले प्याड आयातमा लाग्दै आएको भन्सार दर घटाएको बताए ।
नेपालमा नै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने व्यवस्था गरेको बताए ।
त्यस्तै, सरकारी वा सार्वजनिक कार्यक्रमबमोजिम वितरण गर्ने सेनेटरी प्याड अनिवार्य स्वदेशी उत्पादन खरिद गर्ने व्यवस्था गरिने बताए ।














