Logo
Logo

सरकारले ‘नेवा सङ्ग्रहालय’ स्थापना गर्ने


378
Shares

प्रतिकात्मक तस्बिर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाको सहकार्यमा एउटा नेवा सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा कामपाको सहकार्यमा ‘नेवा सङ्ग्रहालय’ स्थापना गर्नाका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी ५०० वर्षभन्दा पुराना हिमाली गुम्बाहरुको संरक्षणका लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।

त्यस्तै ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको उत्खनन निरन्तरता दिइने छ । भूकम्पबाट क्षतिग्रस्त पुरातत्व सम्पदाहरुको पुनः निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी रु दुई अर्ब विनियोजन वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्