Logo
Logo

ललितपुरबाट विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्ट घुससहित पक्राउ परेका छन् ।

घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग उनले घुस मागेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो

प्रतिक्रिया दिनुहोस्