Logo
Logo

पूर्वडीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार चलान


1.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार, नख्खु चलान भएका छन् ।

पत्नी हत्यामा जन्मकैद सजाय पाएर घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि पुनः पक्राउ परेका कोइरालालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो ।

कैद घटाएपछि रिहा भएका कोइराला सर्वोच्च अदालतले गत बिहीबार फैसला उल्टाएपछि फरार भएका थिए । त्यसको भोलिपल्ट शुक्रबार अपराध अनुसन्धान कार्यालयले उनलाई बानेश्वरबाट पक्राउ गरेको थियो ।

बिहीबार सर्वोच्च अदालतले कोइरालाको फैसला उल्ट्याउँदै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाअनुसार कर्तव्य जानको मुद्दामा जन्मकैद हुने फैसला सुनाएको थियो ।

महाभियोग दर्ता भएसँगै निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको विवादित फैसला सर्वोच्च अदालतले उल्टाएको हो ।

कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले बिहीबार उल्टाएको थियो ।

बिहीबारको फैसलासँगै अब कोइरालालाई २० वर्ष कैद हुनेछ । उनी साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए । अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्