
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेमा दुर्घटना भएको तारा एयसको जहाजमा परेर निधन भएकाहरुको शवको उद्धार कार्य भइरहेको छ ।
कोवाङमा १० वटा शव दुर्घटनास्थलबाट पु¥याइएको छ। हिजो १० वटा शव काठमाडौं ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरीका अनुसार बाँकी १० वटा शव काठमाडौं ल्याउने तयारी भइरहेको छ । आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए ।
आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो । बाँकी २ वटा शवमध्ये एउटा भेट्न बाँकी भएको र अर्को एउटाको उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा शव ल्याइएको थियो । ती शवहरु पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।











