Logo
Logo

विमान दुर्घटनामा हराइरहेको एउटा शव भेटियो, १२ वटा शव काठमाडौं ल्याउने तयारी


2.3k
Shares

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि भेटिएको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको हो ।

खोँचमा अड्किरहेको अवस्थामा बाँकी शव फेला परेको छ,’ उनले भने । दानीका अनुसार थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ ।

खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै रहेको छ । ‘बाँकी दुईवटा शव ल्याएपछि १२ वटा नै शव काठमाडौँ लग्ने तयारी गरेका छौँ,’ उनले भने । सोमबार १० वटा शव काठमाडौँ ल्याइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्