Logo
Logo

‘शिक्षा र स्वास्थ्यमा कमिसन नआउने भएर बजेट नबढाएको हो ?’


315
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा कमिसन नआउने भएर बजेट घटाएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेकोबारे ध्यानाकर्षण गराएका हुन् ।

उनले भने– ‘अहिले टिकटकमा अर्थमन्त्रीज्यूको एउटा भिडियो आइरहेको छ । सायद उहाँले पनि हेर्नु भयो होला । त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिइरहनु भएको थियो । त्यो मैले हिजो मात्रै टिकटकमा हेरे । शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनु भएको छ। शिक्षाको बजेटमा त २० प्रतिशत हुनु पर्थ्यौँ, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपर्थ्यो भन्दै उहाँले के भन्नु भएको छ भने–त्यहाँ किन बजेट बढाउँदैनन् भने अर्थमन्त्रीहरू त्यहाँ कमिशन आउँदैन, आज उहाँ स्वयमले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नु भएको छ । शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नु भएको छैन । २० प्रतिशतको कुरै छोडौं । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ । अब म अर्थमन्त्रीलाई नै सोध्न चाहन्छु–के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौति गर्नु भएको हो त ?’

प्रतिक्रिया दिनुहोस्