Logo
Logo

रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने


रमा भण्डारी

1.5k
Shares

पाल्पा । सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थ मन्त्रि जनार्दन शर्माले बजेट भाषणमा रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने बताएका हुन् । २०७९/८० को बजेटमा रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने उल्लेख भएपछि रामपुरबासी खुशी भएका छन् ।

कालिगण्डकी नदी र कालिगण्की करीडोरसँग जोडिएको रामपुरमा समथरभूमी रहेको छ । साथै रामपुरमा कालीनदी खैरेनी वन, ज्याग्दी वन, सिता कुण्ड, रामघाट र राममन्दिर तालपोखरा जस्ता रमणिय ठाउँ रहेका छन् ।

पछिल्लो समय रामपुरमा पूर्वाधारविकासको क्रम बड्दै छ । बाहिय र आन्तरीक पर्यटक पनि बढ्दै गएको पाइन्छ ।

परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रुपमा रहेको छ ।

रामपुर नगरपालिकाले १२३.३४ वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा वकामलाङ्ग, पश्चिममा हेक्लाङ्ग, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, तनहुँको घिरिंग गाउँपालिका र दक्षिणमा पाल्पा जिल्लाको निस्दी गाउपालिका सिमानामा रहेका छन् ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले मन पराएर बास गरेको भन्ने मान्यता रहेकोले यस स्थानको नाम रामपुर नामाकरण रहेको विश्वास गरिएको छ । यस नगरपालिका वातावरणीय र खोज अनुसन्धानका हिसावले पनि महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्