Logo
Logo

माओवादीद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ ।
बुधबार काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायतले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा पार्टीका नेता र विज्ञहरुले प्रशिक्षण दिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बुधबार र बिहीबार दुई दिनसम्म चल्ने प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी रहने माओवादी केन्द्रले जनाएको छ । उदघाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्