Logo
Logo

संखुवासभाको नुनढाकी सडकखण्डमा सुख्खा पहिरोमा दुई मजदुर पुरिए


630
Shares

संखुवासभा । चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोमा परी दुई जना पुरिएका छन् ।

नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा बुधबार बिहान दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्