Logo
Logo

त्रिपाठीको प्रश्न- किसानलाई पेन्सन दिने मोडालिटी के हुन्छ ?


630
Shares

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको ‘किसानलाई पेन्सन कार्यक्रम’ हावादारी भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्र्दै उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् ।

उनले भने, ‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ? । यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ?’ उनले नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्