पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् ।

महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भएका छन् । उनीहरुले सबैले ८६ मत पाएका छन् ।
त्यस्तै दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका छन् । दियालीले सर्वाधिक ८७ मत पाए ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट पोखरा महानगरपालिकामा १६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । महानगरमा निर्वाचित सदस्यबाट आज मतदान भएको थियो ।











