Logo
Logo

‘ओली नेतृत्वको एमाले सरकार इतिहासमै बनेकै छैन’


56.6k
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन् ।

बुधबार राष्ट्रियसभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै मनमोहन अधिकारीपछि एमाले नेतृत्वको सरकार नै नबनेको दाबी गरेका हुन् ।

सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उनले नेकपा एमालेको सरकार ०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको स्पष्ट पारे ।

उनले भने, ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमारु इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो । म सुन्दैछु एमालेको सरकार रे, कसरी दुईवटा पार्टीको सरकार एमालेको हुन्छ ।’

मनमोहन अधिकारी नेतृत्वको बाहेक गठबन्धनविना एमालेको कुनै एकल सरकार नरहेको बताए ।

उनले सरकारले प्रस्तुत गरेको बजेटले गन्तव्य समातेको पनि बताए। अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भएको बताए ।

उनले भने, ‘दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र २०७८ असार २१ गतेसम्म रहनुभयो। पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घाम जत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ ररु केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो ।’

प्रतिक्रिया दिनुहोस्