Logo
Logo

मुल्यवृद्धि नियन्त्रणका लागि संसदीय समिति गठन गर्न माग


441
Shares

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्न असफल भएकाले जनता मारमा परेको बताएका छन् ।

प्रतिनिधि सभामा पेस भएको महङ्गी नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावका सन्दर्भमा धारणा राख्दै मुल्यवृद्धि भइरहनुको कारण पत्ता लगाउन उनले संसदीय समिति गठन गर्न पनि माग गरेका छन् । समग्र मूल्यवृद्धि फिर्ता लिँदै सरकारले जनतालाई थपेको महङ्गी घटाउनुपर्ने उनको माग छ ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने स्वचालित प्रणाली १५/१५ दिनमा लागू हुनुपर्नेमा एकै हप्तामा दुई पटक मूल्य बढाएको उनले आरोप लगाए ।

‘खेती गर्ने समयमा किसानहरु मल नपाएर हाहाकारमा छन् । यस्तो अवस्थामा सरकारले पेट्रोलिय पदार्थमा अचाक्लि मुल्य बढाएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्