काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि उपभोग्य वस्तु खाद्यान्न, र पेट्रोलियम पदार्थको मूल्य आकासिएर उपभोक्ताको ढाँड सेक्दासमेत मौन रहेको आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले जनताको ढाँड सेक्ने गरी मूल्यबृद्धि गरेर ढुक्कले बसेको आरोप लगाएका हुन् ।
अहिले सरकारले के हेरिरहेको छ ? प्रश्न गर्दै उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बजारमा यावत् उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिकै कारण आम सर्वसाधारणले दैनिक जीवन चलाउनसमेत नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले सर्वसाधारणले राज्य भएको कसरी महशुस गर्ने ?’
उनले छिमेकी मुलुकमा कर समायोजन गरेपनि नेपालमा उल्टो सातामा दुई–दुई पटक पेट्रोलियम पदार्थ मूल्य गरेर १८० रुपैयाँ पुर्याएको बताए ।














