Logo
Logo

केरुङबाट इन्धन ल्याऊ, ५० प्रतिशत सस्तो पर्छ : शेरबहादुर तामाङ


14.8k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले चिनबाट इन्धन ल्याउँदा ५० प्रतिशत सस्तो पर्ने बताएका छन् ।

संसदमा एमाले सांसदद्वारा प्रस्त मूल्यवृद्धि नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै तामाङले अन्य देशबाट इन्धन ल्याउँदा महंगो परेको भन्दै चिनबाट ल्याउनुपर्ने र चिनबाट ल्याउँदा ५० प्रतिशत सस्तो पर्ने बताएका हुन् ।

केरुङबाट इन्धन ल्याउनेबारे अध्ययन भएको भन्दै सांसद तामाङले केरुङदेखि त्रिशुलीसम्म पाइपलाइन बिछ्याएर त्रिशुलीमा स्टोरेज गरी इन्धन संकट समाधान गर्नुपर्ने उनको भनाइ रहेको छ ।

संसदमा बोल्दै तमाङले भने– ‘केरुङबाट इन्धन ल्याउनेबारे अध्ययन भएको छ । केरुङ माथि छ, हाम्रो त्रिशुली तल छ । रुङसम्म रेलबाट आएको इन्धनलाई त्रिशुलीसम्म ल्याऊ । वर्तमान नेपालको तरल मूल्यको ५० प्रतिशतसम्म मूल्य घटाउन सकिन्छ ।’

सांसद तामाङले १० रुपैयाँ ५ रुपैयाँ घटाएर, कर घटाएर केही नहुने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्