Logo
Logo

काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्छ : मन्त्री झाँक्री


693
Shares

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उनले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने बताएकी हुन् ।

मेयर साह र उपमेयर डंगोल शुक्रबार काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका थिए । सो भेटमा मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

उनले भनिन., ‘बञ्चरेडाँडा वा सिसडोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठूलो कुरा हो । तर फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ ।’

मेयर साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह गरेका छन् ।
सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् । जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन ।

सिसडोलवासीका समस्या बुझ्न मेयर र उपमेयरसहितको टिम शुक्रबार सिसडोल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्