Logo
Logo

ओलीको आलोचना गरेकोमा घनश्याम भूसाललाई स्पष्टिकरण सोधिने


12.5k
Shares

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा अनुशासन आयोगले नेता भूसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा अध्यक्ष केपी ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा आलोचना गरेका थिए ।

अनुशासन आयोगका अध्यक्ष केशव बडालले भने, ‘पार्टीका एक स्थायी कमिटीका सदस्यले हिमालय टेलिभिजनमा दिनु भएको अन्तर्वार्तामा गम्भीर विषयहरु रहेका छन् । त्यस विषयमा विधिवत, संस्थागत रुपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाएका छौँ, एक जनाको मात्रै हो । अन्यको बारेमा नामको समेत चर्चा भएको छैन । यो पार्टीको आन्तरिक विषय हो ।’

अन्तर्वार्ताको क्रममा नेता भूसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति अध्यक्ष ओलीको नीति र कार्यशैली जिम्मेवार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्