Logo
Logo

युवा संघ अछामका पूर्वअध्यक्ष पक्राउ


2.1k
Shares

काठमाडौं । अछामका एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवा संघ अछामका पूर्वअध्यक्ष पक्राउ परेका छन
। प्रहरीले काठमाडौंको मध्यबानेश्वरमा गत फागुन २६ मा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवा संघ अछामका पूर्वअध्यक्ष कपिल भण्डारीलाई पक्राउ गरेको हो ।

उनले मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमनसिंह बोगटीलाई खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ । भण्डारीलाई धरानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले बताए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बोगटीको शरीरमा ४४ ओटा टाँका लगाइएको थियो । बोगटी नेकपा एमाले निकट युवा संघमा आवद्ध रहेका बताइएको छ ।

खुकुरी प्रहारमा भण्डारीको संलग्नता खुलेसँगै वैशाख १९ गते राष्ट्रिय युवा संघका संयोजक किरण पौडेलले उनलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पार्टी कमिटीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्