Logo
Logo

वाम आन्दोलन र एमाले बिग्रियो भन्ने मेरो चिन्ता : भुसाल


9.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू आफ्नो कुरामा प्रस्ट रहेको बताएका छन् ।

भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो ।

भुसालले भने आफूलाई कारवाहीको सिफारिसबारे कुनै जानकारी नभएको भन्दै आफू आफ्नो कुरामा प्रस्ट रहेको तर, आफ्नो चिन्ता वाम आन्दोलन र एमाले बिग्रियो भन्नेमा रहेको बताए ।

‘मेरो चिन्ता एमाले बिग्रियो भन्ने हो । मेरो पोजिसन, मेरो अध्यक्षको पोजिसन यो सवै वाम आन्दोलनभित्र, नेकपा एमालेको जीवनभित्र छ’, भुसालको भनेका छन् ।

व्यक्तिहरुको जीवन पार्टीभित्र खोज्नुपर्ने भन्दै वाम आन्दोलन र नेकपा एमालेको नीति सिद्धान्तभित्र त्यो जीवन आफूले खोजिरहेको बताए । ‘मेरा स्वार्थ, मेरा हित र मेरो अहंकारभित्र मैले मेरो समूह, समाज र आन्दोलन खोज्ने होइन । म आफ्नो कुरामा धेरै प्रस्ट छु’, भुसालले भनेका छन् । भुसालले आयोगको अध्यक्षले नै कारबाहीबारे भनिसकेपछि केही भइरहेको छ भन्ने बुझ्न सकिने बताए ।

यस्तो छ भुसालको स्पष्टीकरण

प्रतिक्रिया दिनुहोस्