Logo
Logo

घनश्याममाथि कारबाहीकाे जिम्मा केन्द्रीय सचिवालयलाई


5.3k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालमाथि कारबाहीको जिम्मा अनुशासन आयोगले पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

यसअघि अध्यक्ष केपी ओलीले भुसाललाई कारबाही गर्ने जिम्मा अनुशासन आयोगलाई दिएका थिए । तर, विधानअनुसार आयोगले उनीमाथि सोझै कारवाही गर्न नमिल्ने भएपछि केन्द्रीय सचिवाललाई दिएको जनाइएको छ ।

सार्वजनिक रुपमै अध्यक्ष ओलीको आलोचना गरेको भन्दै नेता भुसालमाथि कारबाही गर्न बुधबार केशव बडालको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोगको बैठक बसेको थियो । बैठकले सोझै कारवाही गर्ने तयारी गरेपछि एमालेकै केही नेताहरुले आपत्ति जनाएका थिए ।

एमालेको विधानतः अनुशासन आयोगले कुनै नेतामाथि कारबाही गर्नेबारे सिफारिस मात्र गर्न पाउने छ । त्यसैले आयोग भुसाललाई कारबाही गर्नबाट ब्याक भएको हो ।

एमालेका एक नेताका अनुसार पार्टी सचिवालयसमक्ष लिखितरुपमा सिफारिस गइसकेकाले सचिवालयले नै भुसालमाथि कारवाही अगाडि बढाउने भएको छ ।

नेता भुसालले एक नीजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको बताउँदै कडा आलोचना गरेका थिए ।

अध्यक्षको आलोचना गरेपछि बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीतिविपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्न सिफारिस गरेको थियो ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्