Logo
Logo

माओवादीले प्रत्येक सदस्यबाट १०० रुपैयाँ संकलन गर्ने


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने भएको छ ।

आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

पूर्वस्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिनाभित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको छ ।

बैठकपछि गजुरेलले भने– ‘केन्द्रीय कार्यालय विस्तारका लागि हरेक सदस्यबाट १०० रुपैयाँ उठाउने निर्णय भएको छ ।’ उनले अखिल क्रान्तिकारीमा देखिएको विवाद छलपलमार्फत समाधान गर्ने निर्णय भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्