
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जानकारी दिएको छ ।
भेटमा उनीहरूबीच नागरिकतालगायत विचाराधिन विधेयकहरू तथा उपसभामुख चयनका विषयमा छलफल भएको जनाइएको छ ।











