Logo
Logo

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको आज शपथ


3.7k
Shares

काठमाडौं । आज एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ हुँदैछ । एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएकाहरूको सोमबार (आज) दिउँसो शपथ हुने भएको हो । सोमबार दिउँसो शपथका लागि तयारी अवस्थामा बस्न उनीहरूलाई बालुवाटारबाट खबर गरिएको छ ।

एकीकृत समाजवादीको आइतबारको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो। केसी राज्यमन्त्रीका लागि सफारिस भएका हुन् ।

यस्तै, हाल सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता बोलाइएका छन् ।

हाल स्वास्थ्य राज्यमन्त्री भएका खापुङलाई बढुवा गरेर स्वास्थ्यमन्त्री, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्