Logo
Logo

टुकुचा खोलाको भेलले बगायो मोटरसाइकल


3.2k
Shares

काठमाडौं । टुकुचा खोलाको भेलले एउटा मोटरसाइकल बगाएको छ । बुधबार साँझ परेको वर्षाले पानीको बहाब बढेपछि टुकुचा खोलेको भेलले मोटरसाइकल बगाएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक रहेको टुकुचा खोलाले वाग्मती प्रदेश– ०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल बगाएको प्रहरीले जनाएको छ ।

काठमाडौंको धापासी घर भएका २१ वर्षीय सुरज अर्यालको सकुशल उद्धार गरिएको छ । अर्यालको तत्काल सकुशल उद्धार गरिएको भएपनि मोटरसाइकल भने फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्