Logo
Logo

प्रकाश रसाईलीद्धारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा


315
Shares

कठामाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५ औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 काँग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बनेका रसाईले पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने बताए । काँग्रेस सभापति गगन थापाको नेतृत्वमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

सभापति थापाको नेतृत्वमा काँग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा पुनः स्थापित गर्ने लक्ष्य रहेको उनले बताए । पार्टीको १५ औँ महाधिवेशन काँग्रेसको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्ने महत्त्वपूर्ण अवसर बन्ने उनले भने । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन र मुलुकलाई नयाँ दिशामा अघि बढाउन कोशेढुंगा साबित हुने उनको भनाइ छ । मुलुकमा देखिएको चुनौती र नागरिकमा बढेको निराशालाई अन्त्य गर्दै बलियो काँग्रेसमार्फत देशको समृद्धिको यात्रा अघि बढाउन महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

उनले वीपी कोईरालाको नेतृत्वकालमा काँग्रेसले सबै जातजाति, वर्ग, लिङ्ग, धर्म र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी राजनीतिक चरित्र निर्माण गरेको उल्लेख गरे । वर्तमान नेतृत्वले पनि नेपालको विविधता प्रतिबिम्बित हुनेगरी पार्टीको विधान र संरचना निर्माण गरेको उनको दाबी छ । 

उनले सभापति थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउन उपसभापति विश्वप्रकाश शर्मासहित नेतृत्वपंक्तिसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । रसाईली पार्टीको १४ औँ महाधिवेशनमा दलित समावेशी तर्फबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १५ औँ महाविधेशनमा उहाँ बझाङबाट महाविधेशन प्रतिनिधि निर्वाचित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्