
काठमाडौं । जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध भएको छ ।
बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । प्रमुखमा राजनन्द मण्डल राज र उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार सदस्यमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन् ।











