Logo
Logo

आज चार मन्त्रालयको बजेटमाथि छलफल हुने


1.3k
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठकमा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुने संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

जसका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्य प्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्