
काठमाडौं । झापाको बिर्तामोडमा लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने गिरोहका नाइकेसहित २ जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १६ ग्राम ब्राउनसुगर र नगद २ लाख ८४ हजार ७ सय रुपैयाँ बरामद गरेको छ ।
कारोबार गर्ने गिरोहका नाइके बिर्तामोड–५ का ४६ वर्षीय बिजेन राजवंशी र पाँचथर रानीटारका २२ वर्षीय सुजन गुरुङ पक्राउ परेका हुन् ।
राजवंशी बिक्रेता र गुरुङ प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।











