Logo
Logo

जी बबको ‘फाइनल्ली भेटियो’ बजारमा



काठमाडौँ । चर्चित र्यापर जी बबले ‘फाइनल्ली भेटियो’ बजारमा ल्याएका छन् । बुधबार बेलुका ठमेलको टेन एक्स क्लबमा उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा नायिका सारा सिरपाइली र मोडल डेलविसले अभिनय गरेका छन् ।
यसअघि र्यापर जी बबले गाएको ‘मिलेन लेभल तेरो बाउ बोला ए..’ गीत चर्चित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्