
काठमाडौं । नेकपा एमालेका सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । विहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै लामाले पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् ।
‘कक्षा ६ र ८ को पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै पाएनन्,’ लामाले भनिन्, ‘यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’
निजीलाई पुस्तक छाप्न दिएर तुरुन्त किताब पाउने कुराको सुनिश्चित गर्न उनको माग छ । जनक शिक्षा सामग्रीको कमजोरीका कारण विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएको र त्यहाँका पदाधिकारी जवाफदेहीसमेत नबनेको उनको भनाइ छ ।














