Logo
Logo

अमेरिकी डलर सर्वाधिक उचाइमा


2.3k
Shares

काठमाडौं । अमेरिकी डलरको भाउ शुक्रबार १२४ रुपैयाँ ७३ पैसा पुगेको छ । यो हालसम्मकै सर्वाधिक मूल्य हो ।

डलरको भाउ एक महिनादेखि १२४ रुपैयाँमाथि छ । विगतमा पनि डलरको भाउ सार्वधिक उचाइमा पुगेको थियो । तर लगत्तै घट्ने गरेको थियो । यसपाली भने निरन्तर माथि उक्लिरहेको छ ।

रुस–युक्रेन युद्धका साथै संसारभरका अधिकांश केन्द्रीय बैंकले ब्याज दर वृद्धिको नीति लिएपछि डलर महँगिएको प्रक्षेपण गर्न थालिएको छ । रेमिटेन्स कम आएर अप्ठेरो परिरहेको नेपाललाई डलरको बढेको रेटले राहत दिन सक्छ । वैदेशिक रोजगारीमा गएकालाई बढेको दरले आकर्षित गर्ने छ ।

तर आयात व्यापार थप महँगो हुने छ । विदेशी ऋण तिर्ने लागत बढ्ने छ । नेपाल आयातमुखी भएका कारण डलरको भाउ बढ्दा नाफाभन्दा घाटा बढी छ ।

प्रतिक्रिया दिनुहोस्