Logo
Logo

बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध


63
Shares

फाइल फोटो ।

काठमाडौं । मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ ।

बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्रयाएपछि चारपाङ्ग्रे सवारी अवरुद्ध भएको स्थानीय राजेश कार्कीले जानकारी दिए ।

भानु–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पु¥याएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पुल मर्मत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्