Logo
Logo

बाग्लुङ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु


378
Shares

काठमाडौं । माछा मार्ने क्रममा करेन्ट लागेर बाग्लुङ बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ ।

बडिगाड खोलामा गएराति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । बलामीको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

करेन्ट लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् ।

यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्