Logo
Logo

मन्त्री विमलाको घटना छानबिन गर्न समिति गठन


4.5k
Shares

रूपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य‚ जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटना अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । उनलाई महिला र बालबालिका कुटपिटको आरोप लागेको छ ।

मंगलबार दिनभर प्रहरी नियन्त्रणमा रहेकी उनको अस्वस्थ भएपछि बुधबार बिहानैदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

राज्यमन्त्री खत्री मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित आलुमन्डीमा रहेको एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मिना र ३ वर्षीया छोरीलाई कुटपिट गरेको आरोप लागेको छ ।

मिनाले कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै कारबाही गर्न प्रहरी कार्यालयमा उजुरी दिएकी छन् तर प्रहरीले उजुरी दर्ता गरेको छैन ।

सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन् ।

घटनाको सत्यतथ्य छानबिन गरी समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश रहेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्