Logo
Logo

गेटालाई प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको घोषणा


12.4k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रूपमा अगाडी बढाउने घोषणा गरेका छन् ।

शनिबार धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन् । तत्काल यसको विधेयक ल्याएर काम अघि बढाउने देउवाको भनाइ छ ।

‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ,’ उनले भने । कार्यक्रममा धनगढीका मेयर गोपाल हमालले गेटालाई विश्व विद्यालय वा प्रतिष्ठानका रूपमा अगाडी बढाउन माग गरेका थिए ।

सुदूरपश्चिमले विकासमा फड्को मारिरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । कैलालीको नदी कटानको समस्या समाधानमा पहल गर्ने प्रधानमन्त्रीले बताएका छन् । ‘अहिले नदी कटानको समस्या छ ।

मोहना देखी पूर्व सत्तीसम्म सबै मिलेर गर्न सकिन्छ । भारतसँग कुरा गर्न सकिन्छ ।’ प्रदेश र स्थानीय तहलाई जनताको काममा ढिलाइ नगर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्