भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जजिराको जहाजबाट आएका आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ परेका हुन् ।
कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कतारबाट कुवेत हुँदै भैरहवा आएका कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा ३ वटा सिक्री र १ वटा ब्रासलेट गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिए ।
उक्त गहनाको अन्दाजी हुने विमानस्थल भन्सारले जनाएको छ । पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ ।














