दाङ । दाङको तुलसीपुरस्थित एक युवती सामूहिक बलात्कारमा परेकी छन् । तुलसी उपमहानगरपालिका–५ की २५ वर्षीया एक युवतीमाथि तीन जनाले बिहीबार राति सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बलात्कारमा संलग्नमध्ये तुलसीपुर–५ बगरपुरका २९ वर्षीय शंकर विकलाई बसपार्क प्रहरीचौकीले नियन्त्रणमा लिएर इलाका प्रहरीका बुझाएको छ । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर ९ का अर्जुन विक र कान्छी परियार फरार छन् ।
उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत युवती सुस्त मनस्थितिकी छन् । ती युवतीलाई ललाइफकाइ गरेर तुलसीपुर– ९ दोघरेस्थित सशस्त्र प्रहरीको बेसक्याम्प नजिकै बन्दै गरेको घरमा बलात्कार गरिएको प्रहरी जानकारी दिएको छ ।














