Logo
Logo

बेँसीसहर–चामे सडक अवरुद्ध


2.9k
Shares

फाइल फोटो ।

काठमाडौं । अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी र खुदी भुलभुलेलमा सडक अवरुद्ध भएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार खरखरेमा मस्र्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ ।

अवरुद्ध सडक तत्काल खुलाउन सम्भव नभएको इञ्जीनियर अधिकारीले बताए । यो मनाङ र जिल्ला लमजुङ जोड्ने एकमात्र सडक हो ।

बर्सेनि पहिराले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्