काठमाडौं । बागमती प्रदेशले सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक) विषयमा अध्ययन गर्ने सबै छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० देखि लागू हुने गरेर प्रदेशभित्रका सबै सामुदायिक क्याम्पसमा ‘छोरी–बुहारी’लाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।
प्रदेश सरकारले क्याम्पसहरूलाई विद्यार्थी सहभागी भएको अन्तिम परीक्षाको आधारमा शैक्षिक शुल्क उपलब्ध गराइने जानकारी दिए ।
उनले ट्वीटरमा भनेका छन्- बागमती प्रदेशभित्रको सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय)मा अध्ययन गर्ने सबै छोरी बुहारीहरुलाई आव २०७९/८०देखि निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । क्याम्पसहरुलाई विद्यार्थीहरु सहभागी भएको अन्तिम परिक्षाको आधारमा शैक्षिक शुल्क उपलब्ध गराइनेछ ।’
बागमती प्रदेशभित्रको सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय) मा अध्ययन गर्ने सबै छोरी बुहारीहरुलाई आव २०७९।८० देखी निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । क्याम्पसहरुलाई विद्यार्थीहरु सहभागि भएको अन्तिम परिक्षाको आधारमा शैक्षिक शुल्क उपलब्ध गराइनेछ ।
— Chief Minister, Rajendra Prasad Pande (@CM_RPPande) June 19, 2022














