Logo
Logo

स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषिलाई प्राथमिकताः अर्थमन्त्री


378
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न बस्तु आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृद्धिसमेत भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

यसैगरी धानमा आत्मनिर्भर हुन सरकारले अध्ययन गरिरहेको उहाको भनाई छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेटमा अनावश्यक रुपमा करको दायरा हेरफेर नगरिएको उनले दाबी गरे ।

त्यस्तै उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनलेसमेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको जिकिर गरे । सरकारको स्वदेशी उद्योगलाई ध्वस्त पार्ने कुनै योजना नरहेको मन्त्री शर्माको भनाइ थियो ।

बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजिकरण गर्ने बताए ।

बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि नीजि क्षेत्रको सहयोग लिइने धारणा उनको थियो ।

मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यबृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्