Logo
Logo

करोडौंको चलखेल गरेर मूल्यबृद्धि : एमाले


1.6k
Shares

काठमाडौं । नेकपा एमालेले पेट्रोल पम्पहरुमा पेट्रोल र डिजल भरेर मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सचिव पद्मा अर्यालले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले आइतबार दिउँसो सबै पेट्रोल पम्पमा पेट्रोल र डिजल पठाएर राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएर करोडौंको चलखेल गरेको आरोप लगाएकी छन् ।

एक पटक पेट्रोल पम्पमा भरेको इन्धनले तीन दिनको माग धान्ने उनको भनाइ छ । स्टक क्लियर नगरी मूल्यवृद्धि गरेर करोडौं घोटाला गरेको उनको आरोप छ ।

उनले आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजल स्टक रहेको जिकिर गरिन् । तर आइतबार रातिदेखि मूल्यवृद्धि गर्दा व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार नाफा हुने अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्