Logo
Logo

एसइई नतिजा असार मसान्तभित्रै


2.5k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसका लागि तीव्रताका साथ आवश्यक काम भइरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने बताए ।

अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको छ । कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको राष्ट्रिय परीक्षा बोर्ड एसइई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको बताइएको छ ।

यसअघि नतिजा सार्वजनिक हुन ४ महिना लाग्ने गरेको थियो । वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सउ २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्