Logo
Logo

एमाले अध्यक्ष ओली र ‘नक्कली राजकुमार’बीच भेटवार्ता


48.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमबीच भेटवार्ता भएको छ ।

झापाका मेडिकल व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएको माक्तुम ओलीलाई भेटन् मंगलबार ओली निवास बालकोट पुगेका हुन् ।

करिब एक घण्टा भएको भेटमा माक्तुमले नेपालबाट गएका युवाले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको सुनाएका थिए । अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य प्रसाईं यएईका कार्यवाहक राजदुत इब्राहिम अल मेहिरी लगायत सहभागी थिए ।

प्रसाईंको निमन्त्रणामा नेपाल आएका माक्तुमलाई दुबईका राजकुमारको रुपमा प्रचार गरिएको थियो । तर, उनी राजकुमार नभएर राजपरिवारका सदस्य मात्र रहेको खुलेको थियो ।

त्ययसैगरी माक्तुमले प्रसाईंलाई उपहार स्वरुप दिएको पहेँलो लौरोलाई सुनको लौरोको रुपमा व्याख्या गरिएको थियो । उक्त लौरो पनि सुन नभएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्